ए डिभिजन लिग : १० औँ चरणका खेल शुक्रबारबाट


काठमाडौं – शहीद स्मारक ए डिभिजन लिगको १० औँ चरणका खेल शुक्रबारबाट सुरु हुँदैछ । अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा भइरहेको प्रतियोगिताको दशौँ चरण शुक्रबारबाट हुने भएको हो ।

यसअघि, नवौँ चरणमा एक खेल बाँकी राख्दै एन्फाले लिगलाई विश्राम दिएको थियो । राष्ट्रिय टोलीले पहिलोे अफ्रिकन प्रतिद्वन्दी मौरिससविरुद्ध दुई मैत्रीपूर्ण खेल खेलेको थियो ।

यस चरणमा कुल सात खेल हुने छन् । एक खेल सातदोबाटोस्थित एन्फा मुख्यालयको मैदानमा र ६ खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने जनाइएको छ । यो चरण तीन दिनको हुनेछ ।

पहिलो खेलमा रेलिगेसन जोनमा रहेको फ्रेन्डसले ब्रिगेड ब्वाइज क्लबको सामना गर्नेछ । त्यस्तै दोस्रो खेलमा त्रिभुवन आर्मी फुटबल क्लबले जावलाखेल युथ क्लबको चुनौती पेस गर्नेछ । खेल दशरथ रंगशालामा क्रमशः १ बजे र साँझ पौने ५ बजे सुरु हुनेछ ।

प्रतिक्रिया