कोरोना अपडेट : थप ८३६ संक्रमित, ४ जनाको मृत्यु


काठमाडाैं – नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा थप ८३६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ६५४ नमुनाको पिसिआर तथा एन्टिजेन विधिबाट परीक्षण गर्दा सो संख्यामा कोरोना संक्रमित थपिएका हुन् ।

त्यस्तै सोही अवधिमा १ हजार ८२६ जना निको भएका छन् । योसँगै निको हुनेको संख्या ९ लाख २४ हजार ६४८ पुगेको छ। कोरोनाका कारण आज थप ४ जनाको मृत्यु भएको छ ।

अहिलेसम्म नेपालमा कोरोनाका कारण ११ हजार ८८२ जनाले ज्यान गुमाएका छन् । देशभर आज २६ हजार १०२ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया