‘यौनकर्मी’ को दृश्य हटाएर सार्वजनिक गरे गायक प्रकाश सपुतले ‘पिर’

काठमाडौं – गायक प्रकाश सपुतले निर्माण गरेको ‘पिर’ भिडियो गीतबाट यौनकर्मीको दृश्य हटाइएको छ । माओवादी लडाकुको विषय समावेश गरी गायक सपुतले  भिडियोबाट यौनकर्मीको दृश्य हटाएका हुन् । गत साता सार्वजनिक भएको यो गीत निकै चर्चामा रहेको छ।

गीतमा माओवादीका पूर्वलडाकु यौनकर्मी बनेको कथावस्तु समावेश भएपछि नेकपा माओवादी केन्द्रसम्बद्ध नेता तथा कार्यकर्ताहरूले यो भिडियो युट्युबबाट हटाउन गायक सपुतलाई चेतावनी दिँदै आएका थिए ।

गीतमा माओवादी जनयुद्धमा सहभागी महिलाले यौन व्यवसाय गरेको आशय देखिने एउटा दृश्य समावेश थियो । गायक सपुतले शनिबार यो गीतको अर्काे भिडियो अपलोड गरेका छन् । जसमा पुरानो भिडियोमा रहेको यौन व्यवसाय झल्किने दृश्य हटाइएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *