नुवाकोटमा आगलागीबाट ३ घर जलेर नष्ट


नुवाकोट – ककनी गाउँपालिका ३ चाउथेमा आगलागी हुँदा ३ वटा घर जलेर नष्ट भएका छन् । स्थानीय मैते तामाङ, बुद्धि तामाङ र सागर तामाङको घरमा आगलागी भएको स्थानीय प्रशासनले जनाएको छ ।

आगलागीमा ५३ लाख रुपैयाँभन्दा बढीको धनमालमा क्षति पुगेको छ । जिल्ला दैवी प्रक्रोप व्यवस्थापन समितिले अग्निपीडितलाई लत्ताकपडा, नगद, भाँडाकुँडालगायत अत्यावश्यक वस्तुहरु प्रदान गरेको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसालले बताए ।

आगो स्थानीय, ककनीबाट खटिएको प्रहरी टोलीले निभाएका थिए । करेन्ट सट भएर आगलागी भएको अनुमान छ ।

प्रतिक्रिया