थप ३७ जनामा संक्रमण, सक्रिय संक्रमितको संख्या तीन हजार २४१


काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर ३७ जना काेराना संक्रमित थपिएका छन् । चार हजार ६१ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा देशभरको संक्रमणदर १ प्रतिशत छ । यो अवधिमा देशभर ३८२ जना संक्रमणमुक्त भएका छन् ।

हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या तीन हजार २४१ छ ।

नेपालमा यो अवधिमा कोरोनाका कारण कसैको पनि मृत्यु पुष्टि नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रलयले आइतबार जनाएको छ ।

प्रतिक्रिया