३० थान फोनसहित भन्सार छली गरेकाे आराेपमा श्रेष्ठ पक्राउ
काठमाडौं – भन्सार छली गरी मोबाइल ल्याएको भन्दै एक व्यक्ति पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले २९ वर्षीय आशिक श्रेष्ठलाई नागार्जुनबाट पक्राउ गरेको हो ।
प्रहरीले श्रेष्ठको मोबाइल पसल खानतलासी गर्ने क्रममा विभिन्न ब्राण्डका दुई लाख मूल्य बराबरका ३० थान फोन बरामद गरेको छ ।
प्रारम्भिक अनुसन्धानमा आईफोन, सामसङ, वनप्लस, ओप्पो, रेड्मी, भिभो, रियलमी लगायत ब्राण्डका फोन कर छली गरी ल्याएको खुलेको प्रहरीले जनाएको छ ।