रामकुमारी झाँक्रीले मन्त्री पद छाड्न पत्रकार सम्मेलन गर्दै


काठमाडाैं – शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले मन्त्री पद छाड्ने भएकी छन् । यसका लागि उनले मन्त्रालयमा आइतवार साँझ पत्रकार सम्मेलनको आयोजना पनि गरेकी छन् ।

यसअघि पर्यटनमन्त्री प्रेम आलेले पदबाट राजीनामा दिएका थिए । उनले नेकपा (एस) अध्यक्ष माधवकुमार नेपाललाई राजीनामा बुझाएका थिए ।

असार १० गते मन्त्री फेरबदलमा असन्तुष्टि जनाउँदै चार मन्त्रीसहित नेकपा एसका १० सांसदले संसदीय दलको बैठक माग गर्दै अध्यक्ष नेपालसमक्ष लिखित निवेदन दिएका थिए ।

नेकपा (एस)ले जेठ २२ गते मन्त्रीहरूलाई फिर्ता बोलाउने निर्णय गरेको थियो ।

प्रतिक्रिया