झाँक्रीले दिईन् राजीनामा : बिदाइ कार्यक्रममा बनिन् भावुक


काठमाडौं – सहरी विकास मन्त्री रामकुमारी झाक्रीले राजीनामा दिएकी छन्। आज मन्त्रालयमा पत्रकार सम्मेलन गरी झाक्रीले राजीनामा दिएकी हुन्।

मन्त्रालयले राखेको बिदाइ कार्यक्रममा मन्त्री रामकुमारी झाँक्री भावुक बनेकी थिईन् । उनी कार्यक्रम सुरु हुँदै गर्दा मन्त्री झाँक्री आफूले वाचन गर्ने पत्र हेर्दै आँसु पुछेकी थिइन् ।

यसअघि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले राजीनामा दिईसकेका छन् । नेकपा एकीकृत समाजवादीले मन्त्री फेर्ने निर्णय गरेपछि उनले राजीनामा दिएकी हुन्।

प्रतिक्रिया