अष्ट्रेलियाका लागि पोखरेल र इजरायलका लागि रिजाल राजदूत नियुक्त


काठमाडाैं – राष्ट्रपति विद्यादेवी भण्डारीले कैलाशराज पोखरेललाई अष्ट्रेलिया र कान्ता रिजाललाई इजरायलका लागि नेपालको आवासीय राजदूतमा नियुक्त गरेकी छन् ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा २८२ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा उनीहरूलाई आइतवार नियुक्त गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता सागर आचार्यले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।

राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्ति

प्रतिक्रिया