सुस्त मनस्थिति बालिका करणी आरोपमा घिमिरे पक्राउ

रामेछाप – १३ वर्षीया बालिकालाई जबर्जस्ती करणी गरेको आरोपमा रामेछाप नगरपालिका ४ बस्ने ६२ वर्षीय श्यामप्रसाद घिमिरे पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार घिमिरेले रामेछाप ४ बस्ने १३ वर्षीया बालिकालाई ललाइफकाइ जबर्जस्ती करणी गरेका थिए । पीडित बालिका सुस्त मनस्थितिको अवस्थामा रहेको पनि प्रहरीले जनाएको छ ।

उक्त घटना कसैलाई भनेमा मार्ने धम्की दिएर जबर्जस्ती करणी गरेपछि फरार रहेका घिमिरेलाई प्रहरीले रामेछाप नगरपालिकाको सुन्तलेटारबाट पक्राउ गरेको जनाएको छ।

पक्राउ परेका घिमिरेविरुद्ध बालयौन दुरुपयोग मुद्दामा अनुसन्धान गर्न रामेछाप जिल्ला अदालतबाट ७ दिन थुनामा राख्ने आदेश लिएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *