कोरोना संक्रमण बढ्दै, एकैदिन थपिए १२१ संक्रमित


काठमाडौं – नेपालमा थप १ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा देशभरबाट ३ हजार ४५ नमूनाको परिक्षण भएको थियो । जसमध्ये १ हजार ७ सय नमूनाको पीसीआर र १ हजार ३ सय ४५ नमूनाको एन्टिजेन विधिबाट परीक्षण गराउँदा १२१ जनामा संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार पीसीआरबाट १०४ र एन्टिजेन विधिबाट १७ जनामा संक्रमण पुष्‍टि भएको हो। शनिबार १०२ जनामा संक्रमण देखिएको थियो। कोरोनाका कारण आइतबार कसैको मृत्यु नभएको मन्त्रालयले जनाएको छ।

त्यस्तै, आज थप ३१ संक्रमित निको भएका छन्। हाल नेपालमा ६ सय ७८ सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया