दाङमा दुई थान अवैध भरुवा बन्दुक बरामद

दाङ – दाङमा अवैध रुपमा लुकाइिछपाइ राखिएका दुई थान भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार जिल्लाको गढवा गाँउपालिका-१ मलमलास्थित डिलबहादुर कुमालले लुकाइछिपाइ राखेको उक्त दुई थान बन्दुक बरामद गरिएको हो।

विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय गढवाबाट प्रहरी निरक्षिक रन्जु केसीको कमाण्डमा खटिएको टोलीले कुमालको घरबाट भरुवा बन्दुक थान एक र १ नाले १२ बोरको बन्दुक गरी २ थान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक सुरेश काफ्लेले जानकारी दिए ।

बरामद गरिएको बन्दुक जिल्ला प्रहरी कार्यालय घोराही पठाइएको प्रहरीले जनाएको छ । अवैध बन्दुक राख्न अर्का सोही वडाको बौराहा बस्ने बर्ष ३७ का जमबहादुर भनेर चिनिने गङ्गेश्वर कुमालको समेत संलग्नता रहेको दाबी प्रहरीको छ । दुवै जनाको खोजी भइरहेको जानकारी प्रहरीले दिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *