अवैध रुपमा भित्र्याइएकाे कपडा बरामद


मलंगवा – सर्लाहीको हरिवनबाट सशस्त्र प्रहरीले बिल बिजक नभएको दश लाख मूल्य बराबरको कपडा बरामद गरेको छ।

महोत्तरीको गौशलाबाट काठमाडौं जादैं गरेको प्र.३-०१-००६ ख ०७४४ नम्बरको बस चेकजाँच गर्ने क्रममा बिल बिजक नभएको कपडा बरामद गरिएको सशस्त्र प्रहरी बल नं. १० गण सर्लाहीका सशस्त्र प्रहरी उपरीक्षक भरत खानियाले जानकारी दिएका छन्।

बिल बिजक नभएको बेबारिसे अवस्थामा रहेको २५ सय थान टि-सर्ट बरामद गरिएको सशस्त्र प्रहरी उपरीक्षक खानियाले जानकारी दिएका छन्।

बरामद गरिएको टि-सर्टको अन्दाजी मूल्य १० लाख रहेको प्रहरीले जनाएको छ। बरामद गरिएको कपडा जिल्ला भन्सार कार्यालय मलंगवा सर्लाहीमा बुझाइएको प्रहरीले जनाएको छ।

प्रतिक्रिया