महिला साफको उपाधि बंगलादेशलाई, नेपालको सपना फेरि अधुरै

काठमाडाैं – साफ महिला च्याम्पियनसिपको उपाधि बंगलादेशले जितेको छ। दशरथ रंगशालामा भएको फाइनल खेलमा नेपाललाई ३-१ गोल अन्तरले पराजित गर्दै बंगलादेश च्याम्पियन बनेको हो।

साफका यसअघिका सबै संस्करणको विजेता भारत सेमिफाइनलबाटै बाहिरिँदा बंगलादेशले पहिलो पटक उपाधि चुमेको हो। नेपाली महिला फुटबल टिम एक पटक फेरि उपविजेतामै समीति बनेको छ।

बंगालदेशले १४औँ मिनेटमा गोल गरेर अग्रता कायम गरेको थियो। सब्सिच्युटको रुपमा मैदान प्रवेश गरेकी साम सुनाहारले गोल गर्दै बंगलादेशलाई अग्रता दिलाएकी थिइन्। त्यस्तै खेलको ४२औँ मिनेटमा श्रीमोती सरकारले गोल गर्दै अग्रतालाई दोब्बर पारेकी थिइन्।

पहिलो हाफमा २-० ले पछि परेको नेपालका लागि खेलको ७०औँ मिनेटमा गोल गर्दै अनिता बस्नेतले खेलमा फर्काउने प्रयास गरेकी थिइन्। तर, त्यसको ७ मिनेटपछि नै बंगलादेशले गोल गर्दै जित सुनिश्चित गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *