देशका विभिन्न स्थानमा एकैदिन ८ जनाको शव फेला


काठमाडौं – देशका विभिन्न स्थानमा गरी ८ जना मृत अवस्थामा फेला परेका छन् । रुकुम (पश्चिम), कैलाली, झापा, कञ्चनपुर, जुम्ला, बाँके र गुल्मीमा एक/एक जना गरी ८ जना मृत अवस्थामा भेटिएका हुन् ।

रुकुम (पश्चिम), आठबिसकोट नगरपालिका ४ बिष्टगाउँ बस्ने टेक बहादुर बिष्टको छोरा १० वर्षीय विजय बिष्ट आफ्नै घर नजिकैको मकैबारीमा आइतबार मृत अवस्थामा फेला परेका छन् ।

भदौ ३१ गतेदेखि आफ्नै घरबाट हराएका उनको खोजी गर्ने क्रममा उक्त मकैबारीमा शव फेला परेको हो । बारा, बिश्रामपुर गाउँपालिका ३ मुसहर्वा बस्ने २२ वर्षीया जुली खातुन आफ्नै घरमा आइतबार मृत अवस्थामा फेला परेकी हुन् ।

कैलाली, भजनी नगरपालिका ९ पहलमान टोलस्थित नालामा सोही ठाउँ बस्ने २५ वर्षीय बिनोद राजी आइतबार मृत अवस्थामा फेला परेका छन् । भदौ ३१ गतेदेखि हराई बेपत्ता भएका उनको खोजी गर्ने क्रममा नालाको पानीमा शव फेला परेको हो ।

यता झापाको झापा गाउँपालिका ३ गौरीगाउँघाटी बस्ने देवान टुडुको छोरा १४ वर्षीय विजय टुडु सोही ठाउँस्थित सडक छेउको जमेको पानीमा आइतबार राति मृत अवस्थामा फेला परेका छन् । यस्तै कञ्चनपुरको पुनर्वास नगरपालिका १० पत्थरघाट दोदा नदी नजिक उखुबारीमा हाल नाम, थर, नखुलेकी अन्दाजी ३६ वर्षीया महिला आइतबार मृत अवस्थामा फेला परेकी छिन् ।

यसैगरी कञ्चनपुरकै लालझाडी गाउँपालिका १ डाडाबिचुवास्थित दोदा नदी नजिक उखुबारीमा हाल नाम, थर, नखुलेका अन्दाजी ५० वर्षीया महिला र अन्दाजी ३० वर्षीय पुरुषको शव आइतबार फेला परेको छ ।

उता जुम्लाको गुठिचौर गाउँपालिका १ चौतारा बस्ने ५५ वर्षीय लक्षी ऐडी सोही गाउँपालिका ४ धलमुडीस्थित तिला नदीमा सोमबार मृत अवस्थामा फेला परेका छन् ।

यस्तै बाँके, नेपालगंज उपमहानगरपालिका १ सुन्दरटोल डेरा गरी बस्ने बर्दिया ठाकुरबाबा नगरपालिका १ घर भएका २१ वर्षीय सुन्दर थारु सोही ठाउँस्थित पानीको नालामा सोमबार मृत अवस्थामा फेला परेका छन् ।

गुल्मीको रेसुङगा नगरपालिका ८ खानीगाउँस्थित फर्निचर गरी बस्ने अर्घाखाँची सन्धिखर्क नगरपालिका–४ घर भएका ५५ वर्षीय टोप बहादुर राना आफ्नै फर्निचरभित्र सोमबार मृत अवस्थामा फेला परेका छन् ।

प्रतिक्रिया