इन्धनको मूल्य घटेसँगै घट्याे हवाई भाडा, सबैभन्दा धेरै आठ सय ८५ रुपैयाँ कटाैती


काठमाडाैं – सरकारले हवाई इन्धनको मूल्य घटाएसँगै हवाई भाडा पनि घटाएको छ । आयल निगमले इन्धनको मूल्यमा प्रतिलिटर २० रुपैयाँ कटौती गरेसँगै वायुसेवा सञ्चालक सङ्घले हवाई भाडा घटाएको हो । नयाँ भाडादर पुस २७ गते बुधबारदेखि लागू हुनेछ ।

सङ्घका अनुसार काठमाडाैंदेखि धनगढीसम्मको उडानमा सबैभन्दा धेरै आठ सय ८५ रुपैयाँ भाडा घटेको छ । यो गन्तव्यका लागि सात हजार पाँच सय दश रुपैयाँ कायम भएको छ । काठमाडाैंदेखि धनगढीसम्म अधिकतम भाडा १६ हजार एक सय ४० रुपैयाँ कायम भएको छ ।

काठमाडाैंबाट हुने पर्वतीय उडान (माउन्टेन फ्लाइट) मा छ सय ८५ भाडा घटेर अधिकतम १४ हजार दुई सय पाँच रुपैयाँ कायम भएको छ । काठमाडाैं–सिमरामा एक सय ८० भाडा घटेको छ । त्यस्तै काठमाडाैं–भद्रपुरमा छ सय, काठमाडाैं–विराटनगरमा चार सय ८५ रुपैयाँ, काठमाडाैं–जनकपुरमा दुई सय ६०, काठमाडाैं–भरतपुरमा दुई सय १५ र काठमाडाैं–पोखरामा तीन सय २० रुपैयाँ भाडा घटेको छ ।

प्रतिक्रिया