सरकारलाई विश्वासको मत दिन माओवादी केन्द्रको आग्रह


काठमाडाैं – नेकपा (माओवादी केन्द्र) ले प्रतिनिधि सभामा रहेका सबै दल तथा स्वतन्त्र सांसदलाई सरकारको पक्षमा विश्वासको मत दिन आग्रह गरेको छ । सिंहदरबारमा संसदीय दलको कार्यालयमा आज साेमवार बसेको बैठकले सबै राजनीतिक दल र स्वतन्त्र सांसदलाई विश्वासको मत दिन आग्रह गर्ने निर्णय गरेको हो ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड को नेतृत्वमा यही पुस १० गते नयाँ सरकार गठन भएको छ । सरकारले भाेलि मङ्गलवार विश्वासको मत लिँदैछ । सरकार गठनको क्रममा एक सय ६९ सांसदको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष दाहाल प्रधानमन्त्रीमा नियुक्त भएका थिए । संविधानअनुसार सरकार गठन भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने हुन्छ ।

माओवादी केन्द्रको संसदीय दलको आजको बैठकमा राष्ट्रिय सभातर्फका दलका नेता एवम् उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठले सांसदले निर्वाह गर्नुपर्ने समग्र भूमिकामा बारेमा दिशानिर्देश गरेको प्रमुख सचेतक हितराज पाण्डेले जानकारी  जानकारी दिए । बैठकमा दलका नेता एवम् प्रधानमन्त्री प्रचण्डले सबै सांसदलाई व्यक्तिगत रूपमा पनि सरकारको पक्षमा विश्वासको मत दिने वातावरण बनाउन र अन्य दलका सांसदसँग पनि छलफल गर्न आग्रह गरेको पाण्डेले बताए ।

प्रतिक्रिया