‘ए’ डिभिजन लिग : ‘डेब्यू’ खेलमै चर्च ब्वाइजको विजयी सुरुवात


काठमाडौं – नव प्रवेशी क्लब चर्च ब्वाइज युनाईटेडले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा विजयी सुरुवात गरेको छ । शनिबार भएको ‘ए डिभिजन’ लिगको डेब्यू खेलमै चर्चले नेपाल पुलिस क्लबलाई २-१ गोल अन्तरले हराएको हो ।

च्यासल मैदानमा चर्चको जितमा आशिष चौधरी र फ्रान्कलिन क्विटे टलाले एक एक गोल गरे । यता पुलिसका लागि पुलिसका रवी पासवानले एक गोल गरे । पुलिसका लागि खेलको १४ औं मिनेटमा रवीले गोल गर्दै पुलिसलाई सुरुआती अग्रता दिलाएका थिए ।

यता चर्चका लागि पहिलो हाफको इन्जुरी समयमा आशिषले गोल गर्दै खेल बराबरीमा ल्याए । फ्रान्कलिनले खेलको ७० औं मिनेटमा पेनाल्टीमा गोल गर्दै चर्चलाई २–१ को जित दिलाए ।

जितसँगै चर्चले पहिलो खेलमै ३ अंक जोडेको छ । चर्च यसै सिजन मात्र शीर्ष डिभिजनमा उक्लिएको हो । यता पुलिसले हारबाट लिगको सुरुआत गरेको छ ।

प्रतिक्रिया