झलनाथ खनाललाई भेट्न अर्थमन्त्री पुन डल्लुमा


काठमाडौं – अर्थमन्त्री वर्षमान पुन नेकपा (एकीकृत समाजवादी) पार्टीका सम्मानित नेता झलनाथ खनाललाई भेट्न खनाल निवास डल्लु पुगेका छन् । मन्त्री पुन र खनालबीच के विषयमा कुराकानी केन्द्रित छ भन्ने खुलेको छैन ।

यद्यपी सत्ता साझेदार दल जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजन भएपछि अर्थमन्त्री पुन नेता खनाल भेट्न जानुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

पार्टी भित्र खनाल वर्तमान सत्ता समिकरण जोगाउनु पर्ने पक्षमा छन् । अध्यक्ष माधव नेपालले जसपा फुटको असरबाट पार्टी जोगाउन पहल गरिरहेका बेला अर्थमन्त्री पुनले नेता खनाललाई भेटेका छन् ।

प्रतिक्रिया