विश्वासको मत लिँदै गण्डकीका मुख्यमन्त्री अधिकारी


काठमाडाैं – गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले वैशाख २३ गते आइतवार प्रदेशसभामा विश्वासको मत लिने भएका छन् । प्रदेश प्रमुख डिल्लीराज भट्टले अधिकारीलाई गएको चैत २५ गते नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम मुख्यमन्त्री पदमा नियुक्त भएका थिए ।

मुख्यमन्त्रीमा नियुक्त अधिकारीले नेपालको संविधानको धारा १६८ को उपधारा ४ बमोजिम प्रदेशसभामा विश्वासको मत लिन लागेका हुन् । अधिकारीले आइतवार ३ बजे प्रदेशसभामा विश्वासको मतसम्बन्धी प्रस्ताव पेस गर्ने सूचना आजै गण्डकी प्रदेशसभाको सचिवालयमा दर्ता गराएको प्रदेशसभा सचिव हरिराज पोख्रेलले जानकारी दिए ।

प्रतिक्रिया