एकीकृत समाजवादीको स्थायी समिति बैठक २९ गते


काठमाडौं – नेकपा एकीकृत समाजवादीले स्थायी समितिको बैठक आह्वान गरेको छ । एकीकृत समाजवादीले वैशाख २९ गतेका लागि स्थायी समिति बैठक बोलाएको हो ।

उपमहासचिव एवं प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाका अनुसार बैठकमा आसन्न महाधिवेशनमा प्रस्तुत गरिने विभिन्न दस्तावेजका विषयमा छलफल हुने भएको छ ।

स्थायी समितिका निर्णयमा थप छलफल गर्न वैशाख ३० गते पोलिटब्युरो बैठक बोलाइएको छ । दुवै कमिटीबाट आएका सुझाव संकलन गरेर केन्द्रीय कमिटी बैठकमा पेस गरीने खतिवडाले जानकारी दिए ।

एकीकृत समाजवादीले आगामी असार १६ देखि २० गतेसम्म काठमाडौंमा पार्टीको दशौँ राष्ट्रिय महाधिवेशन गर्दै छ ।

प्रतिक्रिया