मन्त्रालय बाँडफाँटबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक आज पुनः बस्दै


काठमाडौं – मन्त्रालयको भागबन्डा मिलाउन सत्ता गठबन्धनको बैठक आज पनि बस्दै छ । हिजो साँझ बसेको बैठक विनानिष्कर्ष टुंगिएपछि आज पुनः बस्न लागेको हो ।

मंगलबार साँझ बसेको बैठकमा मन्त्रालय बाँडफाँटबारे छलफल भए पनि कुनै सहमति हुन सकेको थिएन । नेपाली कांग्रेसले आठ, नेकपा (एकीकृत समाजवादी)ले तीन, जसपाले तीन र लोसपाले दुई मन्त्रालयको दाबी नछोडेपछि बैठक विनानिस्कर्ष टुंगिएको थियो ।

बैठक बिहान ९ बजेका लागि बोलाइएको छ ।

प्रतिक्रिया