देशभर बिहानैदेखि गर्मी महशुस, अधिकतम तापक्रम बढ्दै


काठमाडाैं – देशका धेरै ठाउँमा बिहानैदेखि गर्मी छ । गर्मी अझै बढ्ने मौसमविद्को अनुमान छ । केही दिन यता देशभरको अधिकतम तापक्रम बढिरहेको छ । विराटनगरको अधिकतम तापक्रम ४० डिग्री सेल्सियस नाघेको छ ।

मौसम पुर्वानुमान महाशाखाका अनुसार विराटनगरको अधिकतम तापक्रम हिजो ४० दशमलव ३ डिग्री सेल्सियसमा पुगेको छ । अन्य तराईका जिल्लाको तापक्रम ४० डिग्री सेल्सियसको हाराहारीमा छ । आज पनि टन्टलापुर घाम लाग्ने अनुमान छ ।

आज गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रका एक दुई ठाउँमा बेलुकी पख मौसम बदली भइ हल्का पानी पर्ने अनुमान छ । यस्तै, लुम्बिनी प्रदेशका तराईका जिल्लामा हावाहुरी चल्ने अनुमान छ ।

प्रतिक्रिया