माओवादी केन्द्रको स्थायी समिति बैठक आज

काठमाडौं – नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दैछ। बैठक पेरिसडाँडा, कोटेश्वरस्थित केन्द्रीय कार्यालयमा बिहान ११ बजे बस्ने भएकाे हाे।

बैठकमा विधान अधिवेशनबाट अनुमोदन विधान, पदाधिकारी र केन्द्रीय नेताहरूको कार्य विभाजन, अब हुने पार्टीको अभियानको तयारी, विकसित राजनीति घटनाक्रम लगायत एजेन्डामा छलफल गरिनेछ।

गत फागुन २८ गते बोलाइएको बैठक विकसित राजनीतिक घटनाक्रमका कारण हिजोका लागि तय गरिएको बैठक स्थगित भएपछि शुक्रबारका लागि बोलाइएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *