बागमतीका मुख्यमन्त्रीले प्रदेश सभामा पाए बहुमत

काठमाडौं – बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले प्रदेश सभाको बहुमत अर्थात् ६४ सांसदको मत पाएका छन् ।

मंगलबार प्रदेश सभा बैठकमा मुख्यमन्त्री लामाले संविधानको धारा १६८ को उपधारा (४) तथा प्रदेश सभा नियमावली २०७४ को नियम १४३ को उपनियम (१) बमोजिम विश्वासको मत लिनका लागि प्रस्ताव पेस गरेका थिए ।

११० सदस्यीय प्रदेश सभामा सरकार गठनका लागि ५६ सांसदको समर्थन आवश्यक हुन्छ । नेपाली काँग्रेसका ३७ र नेकपा एमालेका २७ सांसदले प्रस्तावको पक्षमा मत दिएका छन् ।

नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी राप्रपा, हाम्रो नेपाली पार्टीका गरी ३५ सांसदले प्रस्तावको विपक्षमा मत दिएका छन् ।

नेमकिपा तटस्थ बसेको छ । आजको प्रदेशसभा बैठकमा १०३ जना सांसद उपस्थित थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *