राजीनामा दिने तयारीमा सुदूरपश्चिमका मुख्यमन्त्री


काठमाडौं – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीले राजीनामा दिने भएका छन् । मुख्यमन्त्री स्रोतका अनुसार प्रदेशसभामा सम्बोधन गरेर राजीनामा दिने भएका हुन् ।

एमालेले छाडेपछि मुख्यमन्त्री अल्पमतको सरकार चलाइरहेका छन् । एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता छ । तर बहुमत गुमाएकाले उनले राजीनामा दिने तयारी गरेका छन् ।

५२ सदस्यीय प्रदेशसभामा मुख्यमन्त्रीसँग १४ मत छ । माओवादीका १० (सभामुखबाहेक) र एकीकृत समाजवादीका चार सांसद मुख्यमन्त्री सोडारीका पक्षमा छन् । नेपाली कांग्रेसको १८ र एमालेको १० सिट छ ।

नाउपा ७, राप्रपा र स्वतन्त्र सांसद एकएकजना सदस्य छन् । अब केन्द्रीय समीकरणअनुसार यहाँ कांग्रेसको सरकार बन्ने निश्चित छ ।

प्रतिक्रिया