ट्रकले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु, तनावग्रस्त बन्यो गठ्ठाघर


काठमाडौं – भक्तपुरको गठ्ठाघरमा ट्रकको ठक्करबाट स्कुटर चालक एक जनाएको ज्यान गएको छ ।

बिहीबार दिउँसो बा ४९ प ८९४४ नम्बरको स्कुटर ट्राफिक प्रहरीले रोकेर चेकजाँच गरिरहेको थियो । तर ना ६ ख २१७३ नम्बरको ट्रकले एक्कासि ब्रेक लगाउँदा स्कुटरलाई करिब २० मिटर घिसारेको हो ।

ट्राफिकले लुकेर चेकजाँच गरेको र ट्रकले एक्कासि ब्रेक लगाउँदा दुर्घटना निम्तिएको भन्दै अहिले त्यहाँ ठूलो संख्यामा जम्मा भएर सर्वसाधारणले विरोध गरिरहेका छन् ।

मृतक महिलाको सनाखत हुन सकेको छैन् । ट्रकको ठक्करबाट महिलाको मृत्यू भएपछि गठ्ठाघर क्षेत्र तनावग्रस्त बनेको छ । दुर्घटनापछि स्थानीयले सडक अवरुद्ध गरेका छन् ।

प्रतिक्रिया