कुरिनटारमा माइक्रोबस र टिपर ठोक्किँदा १५ जना घाइते


काठमाडौं – माइक्रो बस र टिपर एकापसमा ठोक्किँदा १३ जना घाइते भएका छन् ।

मुग्लिनबाट काठमाडौंतर्फ गइरहेको माइक्रोबस र विपरीत दिशाबाट आइरहेको टिपर पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना-४ कुरिनटारमा मंगलबार बिहान एकापसमा ठोक्किँदा माइक्रोमा सवार १३ जना घाइते भएका हुन् ।

इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । १२ जनालाई उपचारका लागि नयाँ मेडिकल कलेज भरतपुर र एक जनालाई काठमाडौं पठाइएको प्रहरीले जनाएको छ । माइक्रोबस ‘ओभरटेक’ गर्ने क्रममा टिपरसँग ठोक्किएर दुर्घटना भएको हो ।

प्रतिक्रिया