छुट्टाछुट्टै घटनामा परी दाङमा २ जनाको मृत्यु


दाङ – दाङमा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एकजना र करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।

गएराति घोराही-तुलसीपुर सडक खण्ड अन्तर्गत सौरी कुलामा टिपरले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक घोराही उपमहानगरपालिका वडा नम्बर-९ का कुलबहादुर बस्नेतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

यस्तै मोटर चलाएर खेतमा पानी लगाउने क्रममा करेन्ट लागेर दाङकै तुलसीपुर उपमहानगरपालिका वडा नम्बर-११ का बलाराम वलीको मृत्यु भएको छ । घर नजिकैको बारीमा मोटर लगाउने क्रममा स्विच थिच्दा वलीलाई करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।

प्रतिक्रिया