सुनको मुल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?


काठमाडाैं – नेपाली बजारमा हिजो स्थिर रहेको सुनको मुल्य आज सामान्य गिरावट भएको छ । आज सुनको मुल्य तोलामा नौ सय रुपैयाँले घटेको हो ।

आज सुनको मुल्य तोलामा नौ सय रुपैयाँले घटेर एक लाख ४९ हजार छ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको मुल्य अस्ति जस्तै तोलाको एक लाख ५० हजार पाँच सय रुपैयाँ कायम भएको थियो ।

त्यस्तै आज चाँदीको भाउ पनि बढेकाे छ । चाँदी २० रुपैयाँले बढेर ताेलाकाे एक हजार सात सय ६० रुपैयाँ पुगेको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया