लगातार रेकर्ड बनाउँदै सुनको मुल्य : एकैदिन तोलामा दुई हजार रुपैयाँले बढ्यो


काठमाडाैं – सुनको मुल्यले लगातार नयाँ रेकर्ड बनाएको छ । आज एकैदिन सुनको मुल्य तोलामा दुई हजार रुपैयाँले बढेर अहिलेसम्मकै उच्च एक लाख ६४ हजार चार सय रुपैयाँ पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार हिजो र अस्ति पनि सुनको मुल्यले कीर्तीमान कायम गरेको थियो । हिजो सुनको मुल्य तोलको एक लाख ६२ हजार चार सय रुपैयाँ रहेको थियो ।

यस्तै चाँदीको मुल्य पनि आज बढेको छ । आज चाँदी ३० रुपैयाँले बढेर तोलको एक हजार नौ सय ८० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको मुल्य तोलाको एक हजार नौ सय ५० रुपैयाँमा थियो ।

प्रतिक्रिया