सुनको मूल्य एकैदिन ३ हजार रुपैयाँ बढ्यो, बन्यो नयाँ रर्कड


काठमाडौं – नेपाली बजारमा शुक्रबार सुनको मूल्यले नयाँ रर्कड बनाएको छ । हिजोको तुलनामा छापावाल सुनको मूल्य तोलामा ३ हजार रुपैयाँ बढ्दै एक लाख ५६ हजार ३०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।

महासंघका अनुसार बिहीबार तोलामा १ लाख ५३ हजार ३०० रुपैयाँ कायम भएको सुनको मूल्य आज हालसम्मकै उच्च भएको महासंघले जनाएको छ । पछिल्लो समय सुनको मूल्य निरन्तर उकालो लाग्दै आएको छ ।

अन्तर्राष्ट्रिय बजारमै मूल्यवृद्धिका साथै आन्तरिक बजारमा सुनको भन्सार बढाइएका कारण मूल्यमा प्रभाव देखिएको बताइएको छ । महासंघका अनुसार शुक्रबार छापावाल सुन प्रति १० ग्राम १ लाख ३४ हजार रुपैयाँ कायम भएको छ ।

यसैबिच शुक्रबार चाँदीको मूल्य पनि १ हजार ८६० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन चाँदीको मूल्य तोलामा १ हजार ७९५ रुपैयाँ कायम भएको थियो । यस हिसाबले चाँदीको मूल्य प्रतितोला ५५ रुपैयाँ बढेको छ ।

प्रतिक्रिया