सुनको मुल्यमा नयाँ रेकर्ड : तोलाको १ लाख ५३ हजार १ सय


काठमाडाैं – सुनको मुल्यले फेरि नयाँ रेकर्ड बनाएको छ । हिजो स्थिर रहेको सुनको मुल्य आज तोलामा आठ सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च एक लाख ५३ हजार एक सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यसअघि गएको भदौ ५ गते सुनको मुल्य एक लाख ५३ हजार रुपैयाँ पुगेको थियो । पछिल्लो समय सुनको मुल्यमा उतारचढाव भइरहेको छ ।

त्यस्तै आज चाँदीको मुल्य पनि ५ रुपैयाँले बढेको छ । हिजोे तोलाको एक हजार आठ सय ५० रुपैयाँ रहेको चाँदीको मुल्य आज तोलामा ५ रुपैयाँले बढेर एक हजार आठ सय ५५ रुपैयाँ भएको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया