चोरीका तीन वटा खसीसहित मगर पक्राउ


रामेछाप – किसानको गोठमा बाँधी राखेको खसी र बोका चोर्दै बजारमा लगेर बिक्री वितरण गर्ने एक जना युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुली जिल्ला फिक्कल गाउँपालिका-२ का २७ बर्षिय गोपीलाल सुनुवार रहेका छन् ।

हराएका खसी सिन्धुलीको फिक्कल गाउँपालिका-२ मा लुकाईछिपाई राखेको सूचना पाएसँगै प्रहरीले खसीसहित मगरलाई पनि पक्राउ गरेको हो । उनले गएको साउन २३ गते राति रामेछाप नगरपालिका-४ कावीरबहादुर मगरको गोठ भित्र बाँधिराखेका तीन वटा खसी चोरी गरेका थिए ।

प्रतिक्रिया