घाँसीकुवामा ठूलो पहिरो, पृथ्वी राजमार्ग ठप्प

बाटो सुचारु गर्न दुई दिन बढी लाग्ने


तनहुँ – तनहुँको घाँसीकुवा नजिकै पहिरो खस्दा पृथ्वी राजमार्ग पूर्णरूपमा अवरुद्ध भएको छ । व्यास नगरपालिका-१२, घाँसीकुवामा पहाडसहितको ठूलो पहिरो खसेपछि पृथ्वी राजमार्गअन्तर्गत डुम्रे-दमौली सडकखण्ड पूर्णरुपमा अवरुद्ध भएको हो ।

मेयर वैकुण्ठ न्यौपानेका अनुसार सो सडकखण्ड निर्माणाधीन अवस्थामा थियो । ‘एकदमै ठूलो पहिरो गएको छ । करिब पाँच सय मिटर जति बाटो ढाकेको छ । अवरुद्ध बाटो सुचारु गर्न दुई दिन बढी लाग्ने देखिन्छ । मानवीय बस्ती पहिरो खसेको स्थानबाट सय मिटर जति टाढा भएकाले जनधनको क्षति भएको छैन्’, उनले भने । पहिरोले पोल ढालेपछि विद्युत अवरुद्ध भएको उनले जानकारी दिए ।

प्रतिक्रिया