दुधपोखरी र क्व्होलासोथार मतगणना सकिँदा पृथ्वीसुब्बाले लिए अग्रता

काठमाडाैं – प्रतिनिधिसभा सदस्य निर्वाचनको मतगणना जारी छ । हालसम्म दुधपोखरी गाउँपालिका र क्व्होलासोथार गाउँपालिकाको मतगणना सम्पन्न भएको हो ।

हाल लमजुङ ९ हजार ६ सय १ मत गणना हुँदा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत मार्क्सवादी लेनिनवादी)बाट पृथ्वीसुब्बा गुरूङ ३ हजार ३४७ मत ल्याएर अग्रता लिएका छन् ।

यस्तै नेपाली कांग्रेसका गमप्रसाद गुरूङले २ हजार ६९३ मत ल्याएका छन् भने रास्वपाका धर्म केसीले २ हजार ३९२ मत ल्याएका छन् ।

अब मध्यनेपाल नगरपालिकाको मतगणना शुरु भएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *