पृथ्वीसुब्बालाई पछि पार्दै धर्मले कटाए ५ हजार मत, पछिपछि गमप्रसाद

काठमाडाैं – प्रतिनिधि सभा सदस्य निर्वाचनमा लमजुङको मतगणना जारी छ ।

पछिल्लो अपडेट अनुसार रास्वपाका धर्मराज केसी अग्रस्थानमा देखिएका छन् । हालसम्मको मतपरिणाम अनुसार उनले ५ हजार ०६७ मत प्राप्त गरेका छन् ।

उनलाई नेकपा एमालेका पृथ्वीसुब्बा गुरुङले पछ्याइरहेका छन् । गुरुङले ४ हजार २४४ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका गमप्रसाद गुरुङ ४ हजार ०७२ मतसहित तेस्रो स्थानमा छन्।

यसैगरी नेकपाका हरिजङ तामाङले ५७८ मत प्राप्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *