मनाङमा कांग्रेसका टेकबहादुर गुरुङ निर्वाचित

काठमाडौं – मनाङमा नेपाली कांग्रेसका टेकबहादुर गुरुङ निर्वाचित भएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारी अनुसार गुरुङ २ हजार ४१५ मतसहित निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेकपाकी यशोदा सुवेदी गुरुङले ४५४ मत ल्याइन् । नेशनल मंगोल अर्गनाइसेजनका रामबहादुर घलेले ९ मत ल्याएका छन् ।

यो नेपाली कांग्रेसको दोस्रो जित हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *