म्याग्दीमा महावीर पुनको अग्रता कायमै

काठमाडाैं – म्याग्दीमा स्वतन्त्र उम्मेदवार डा. महावीर पुनको अग्रता कायमै छ । पुनले २० हजार ९ सय ६३ मतसहित अग्रता कायम गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

गत बिहिवार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनको बेनीमा रहेको मुख्य निर्वाचत अधिकृतको कार्यालयमा मतगणना जारी छ । हाल जिल्लाको पाँच पालिका धवलागिरि, मालिका, मंगला, रघुगंगा गाउँपालिका र बेनी नगरपालिकाको मतगणना सकिएको छ ।

पुनले उनका निकटतम प्रतिस्पर्धि नेकपा (एमाले)का हरिकृष्ण श्रेष्ठले भन्दा ७ हजार ६ सय अाठ मत ल्याएका छन् । अब म्याग्दीमा अन्नपूर्ण गाउँपालिकाको ६ हजार ५ सय ५८ मत मात्र गणना गर्न बाँकी छ ।

एकमात्र निर्वाचन क्षेत्र रहेको म्याग्दीमा ८६ हजार ३ सय ९७ मतदाता रहेकोमा ४६ हजार २ सय १५ मत खसेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *