तनहुँ दुर्घटना अपडेट : २७ जनाको मृत्यु, १६ घाइते


काठमाडौं – तनहुँको आँबुखैरेनीमा आज भएको यात्रु बस दुर्घटनामा २७ जनाको मृत्यु भएको छ । १६ जना घाइते भएका छन् । पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको युपि ५३ एफटी ७६२३ नम्बरको भारतीय यात्रुवाहक बस सडकबाट अन्दाजी दुई सय मिटर तल मर्यस्याङ्दी नदीमा खसेको थियो ।

घाइतेमध्ये १६ जनालाई नेपाली सेनाको हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको छ । उनीहरुको महारागन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचार भइरहेको सशस्त्र प्रहरी बल नेपालले जनाएको छ । प्रहरीका अनुसार बसमा चालक र सहचालकसहित ४३ यात्रु सवार थिए ।

पन्ध्र महिला र ११ पुरुष गरी २६ जनाको आँबुखैरेनी अस्पतालमा र एक बालकको चितवनस्थित अस्पतालमा उपचारका क्रममा मृत्यु भएको तनहुँका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिए ।

प्रतिक्रिया