देशका धेरै स्थानमा वर्षा, आज केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना


काठमाडाैं – हाल देशका धेरै स्थानमा वर्षा भइरहेको छ । गएरातिदेखि नै कोशी, मधेश, बाग्मती, गण्डकी, लुम्बिनीका केही ठाउँ तथा अरू प्रदेशका थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

आज दिउँसो पनि कोशी, मधेश, गण्डकी र कर्णाली प्रदेशका एक/दुई ठाउँमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । पानी पर्ने प्रणाली विशेषगरी लुम्बिनी प्रदेशमा सक्रिय छ । ती क्षेत्रमा मध्यम तथा ठूलो वर्षा भइरहेको छ ।

हाल कैलालीको टीकापुर, बलिया, बचिला र आसपास पनि ठूलो पानी परेको छ । बाग्लुङको म्याग्दी खोला, मङ्गलघाट जलमापन केन्द्रमा पानी परेको छ ।

त्यस्तै सिन्धुपाल्चोकको भोताङ, मानेखर्क, ढाप, गोब्रे, बाउनेपाटी, बोल्डे, ढुङ्गे वर्षामापन केन्द्र र आसपासमा सामान्यदेखि मध्यम वर्षा भएको छ । पानी पर्ने क्रम निरन्तर रहेकाले मेलम्ची, इन्द्रावती र यसका सहायक नदी तथा हाडी खोला र अन्य स-साना खोलामा बाढीको जोखिम छ ।

जमिन भिजेको अवस्थामा हल्का पानी पर्दा पनि कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम रहने भएकाले त्यस्ता जोखिम क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन आग्रह गरिएको छ ।

प्रतिक्रिया