१८ लाख रुपैयाँ नगदसहित नाै जना जुवाडे पक्राउ


मोरङ – मोरङबाट नाै जना जुवाडे पक्राउ परेका छन् ।

ग्रामथान चार कटहरास्थित जुवाको अखडा १८ लाख ५१ हजार रुपैयाँ पाँच सय रुपैयाँसहित नाै जना पक्राउ परेको मोरङ प्रहरी प्रमुख एसपी नवराज कार्कीले जानकारी दिए ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र मोरङ प्रहरीबाट खटिएको टोलीले शनिबार राती गोप्य सूचनाको आधारमा पक्राउ गरिएको एसपी कार्कीले बताए ।

पक्राउ परेका जुवाडेहरुलाई इलाका प्रहरी कार्यालय बेलबारीमा राखेर अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया