जुवातास खेलिरहेको १३ लाख बढी नगदसहित अवस्थामा ११ जना पक्राउ


काठमाडौं – जुवातास खेलिरहेको अवस्थामा ११ जना पक्राउ परेका छन् ।

काठमाडौं महानगरपालिका-२६ ज्याठास्थित होटल भियानामा जुवातास खेलिरहेको अवस्थामा रोल्पा घर भएका ३६ वर्षीय लिला डागीसहित ११ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो ।

डागीले उक्त होटलको कोठा नम्बर ६१२ भाडामा लिई जुवा खेलाईरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद १३ लाख ६२ हजार ५ सय रूपैयाँ र ४ बुक ताससहित पक्राउ गरेको हो ।

 

प्रतिक्रिया