जुवातास खेलिरहेको अवस्थामा ९ जना पक्राउ


काठमाडौं – जुवातास खेलिरहेको अवस्थामा नाैँ जना पक्राउ परेका छन् ।

काठमाडौं महानगरपालिका-६ कपन सरस्वतीनगर बस्ने उदयपुर ताप्ली गाउँपालिका-१ घर भएका ५० वर्षीय उद्दव राज हमालको कोठामा जुवातास खेलिरहेको अवस्थामा उनीहरू पक्राउ परेका हुन् ।

प्रहरीले सिन्धुपाल्चोक मेलम्ची नगरपालिका-१२ घर भएका ४१ वर्षीय बद्री पौडेलसमेत नाैँ जनालाई शनिबार साँझ  पक्राउ गरेको छ । प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३९ हजार सात सय २५ रूपैयाँ र तीन बुक ताससहित पक्राउ गरेको हो ।

प्रतिक्रिया