नक्कली नोटसहित एकजना पक्राउ


बारा – नक्कली नोटसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।

सिम्रौनगढ नगरपालिका-२ महुवाहीस्थित सडकबाट नेपाली एक हजार दरका ८५ थान नक्कली नोट सहित सिम्रौनगढ नगरपालिका-२ महुवाही बस्ने ३५ वर्षीय छठु गिरीलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको प्रहरीले महुवाहीबाट नयकाटोलतर्फ जाँदै गरेको अन टेष्ट लेखिएको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई उक्त नक्कली नोट सहित पक्राउ गरेको हो ।

प्रतिक्रिया