बाढी पहिराेबाट ज्यान गुमाउनेको संख्या १०२ पुग्यो


काठमाडौं – बाढीपहिरो र डुबानमा परी हालसम्म एक सय दुई जनाले ज्यान गुमाएका छन्, भने ६४ जना बेपत्ता भएका छन् । विपद्मा परी ४५ जना घाइते भएका छन् ।

बाढी पहिरोमा परी ललितपुर, धादिङ, काठमाडौं, काभ्रे, मकवानपुर, सिन्धुपाल्चोक, सोलुखुम्बु, पाँचथर, भक्तपुर, दोलखा, सिन्धुली, धनकुटा, महोत्तरी, रामेछाप, झापा, उदयपुर , इलाम, सप्तरी र नुवाकोटमा मानवीय क्षति भएकाे छ ।

गृह मन्त्रालयका सहसचिव एवम् प्रवक्ता ऋषिराम तिवारीका अनुसार काठमाडाैं उपत्यकामा ४८ जनाको ज्यान गएको छ । जसमा काठमाडाैंमा २५, ललितपुरमा १८ र भक्तपुरमा पाँच जनाको ज्यान गएको हो ।

प्रवक्ता तिवारीका अनुसार बाढीपहिरो प्रभावित क्षेत्रमा खोजी र उद्धारका लागि नौ हजार नौ सय ८३ सुरक्षाकर्मी परिचालन गरिएका तथा हालसम्म तीन हजार ३९ जनाको उद्धार गरिएको उनले बताए ।

प्रतिक्रिया