सुनको मुल्यमा नयाँ रेकर्ड : तोलाको १ लाख ६१ हजार आठ सय रुपैयाँ


काठमाडाैं – हालसम्मकै उच्च भएको सुनको मुल्यले नयाँ कीर्तिमान बनाएको छ । आज सुनको मुल्य एकैदिन तोलामा एक हजार तीन सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च तोलामा १ लाख ६१ हजार आठ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

दशैँ बिदापछि कारोबार भएको पहिलो दिन हिजो सुनको मुल्य तोलामा १ लाख ६० हजार पाँच सय रुपैयाँमा रहेको थियो । यसअघि यही असोज १८ गते सुनको मुल्य तोलामा १ लाख ६१ हजार ३ सय रुपैयाँ पुगेको थियो । सो मूल्यको रेकर्डलाई पनि तोड्दै बुधवार सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको हो ।

त्यस्तै चाँदीको मुल्य पनि आज बढेको छ । आज चाँदी तोलामा २५ रुपैयाँले बढेर तोलाको एक हजार नौ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको मुल्य तोलाको एक हजार नौ सय २५ रुपैयाँ रहेको थियो ।

प्रतिक्रिया