सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाको एक लाख ६२ हजार चार सय
काठमाडौं – सुनको मूल्य हालसम्मकै उच्च भएको छ । आज सुनको मूल्य छ सय रुपैयाँले बढेर नयाँ रेकर्ड कायम गरेको हो । हिजो सुनको मूल्य तोलामा एक लाख ६१ हजार आठ सय रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख ६२ हजार चारसय रुपैयाँ रहेको छ ।
आज चाँदीको मूल्य भने स्थिर रहेको छ । बुधबार प्रतितोला एक हजार नाै सय ५० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्य कायम भएको महासंघले जनाएको छ ।