तोलामा एक हजार दुई सय रुपैयाँले घट्यो सुनको मुल्य


काठमाडाैं – आज सुनको मूल्य प्रतितोला एक हजार दुई सय रुपैयाँले घटेको छ ।

आज सुनको मुल्य एक हजार दुई सय रुपैयाँले घटेर एक लाख ४९ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको मूल्य तोलाको एक लाख ५० हजार पाँच सय रुपैयाँ थियो ।

यस्तै चाँदीको मुल्य पनि आज तोलामा २५ रुपैयाँले घटेर एक हजार आठ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको मुल्य तोलामा एक हजार आठ सय ४० रुपैयाँ रहेको थियो ।

प्रतिक्रिया