देशभर करिब ६० प्रतिशत मत खसेको छ : निर्वाचन आयोग
काठमाडौं – निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनमा करिब ६० प्रतिशत मत खसेको प्रारम्भिक अनुमान सार्वजनिक गरेको छ ।
आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीका अनुसार हालसम्म प्राप्त विवरणका आधारमा करिब ६० प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान गरिएको हो ।
उनले पूर्ण विवरण भने अझै संकलन भइरहेको जानकारी दिए । यस निर्वाचनमा एक करोड ८९ लाख तीन हजार ६८९ मतदाता रहेका थिए ।
तीमध्ये ९६ लाख ६३ हजार ३५८ पुरुष, ९२ लाख ४० हजार १३१ महिला र २ सय जना अन्य मतदाता रहेका थिए ।
